बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

इन्भेष्टोपेपर । चैत्र २४, २०७६

सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावत निषेध गर्दै ८ दिनकाे लकडाउन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याएको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा कम्तिमा एक साता लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिने निर्णय भए बमोजिम नै मन्त्रिपरिषदले यो निर्णय लिएको छ ।

दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो।

पहिलो चरणको लकडाउन चैत्र १८ गते सकिएपछी दोश्रो चरणको लकडाउन चैत्र २५ गते सम्मको लागि लम्ब्याइएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *