हाथवे इन्भेष्टमेण्टको आईपीओ निष्कासन, अंकित मूल्यमै आवेदन दिन पाइने

न्भेष्टाेपेपर । भाद्र २१, २०८०

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गते आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानीकोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने आम सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा भदौ २५ गतेसम्म विक्री अवधि तोकिएको यो आईपीओ छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज ४ गतेसम्म विक्री लम्बिनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा अनलाइनमा स्वयंले मेरो शेयरमार्फत आवेदन दिन सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *