शास्त्रले भन्छ – झुक्किएर पनि यी तीन समयमा नसुत्नु

इन्भेष्टोपेपर । पुष ६, २०७८

शास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्याउनुको साथै हानिकारक मानिन्छ । यी हुन् सुत्नै नहुने तीन समय

घाम झुल्किएपछि

शास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

मध्यान्नको समय

मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

घाम अस्ताउने बेला

घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

— एजेन्सिकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *