विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

जेनेभा । कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।

सङ्गठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउनसमेतका प्रतिबन्धहरूले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ । ( रासस / एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *