विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

न्भेष्टाेपेपर ।  चैत ११, २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रिपरिषद्को आजको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। 

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिनु भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *