दाँतकाे पिडाबाट राहत पाउन गर्न सकिने ५ घरेलु उपायहरू
इन्भेष्टोपेपर । जेष्ठ २९, २०७७
दाँतकाे जतिसुकै हेरचाह गर्दागर्दै पनि जीवनकाे कुनै न कुनै अवस्थामा दाँतकाे दुखाइ नखेपेकाे मानिस सायदै हाेला । दाँतकाे पिडा अत्यन्त कडा हुन्छ । यदी दाँत किराले खाएकाे (कुहेकाे) छ भने त हामीले खाएका खानेकुरा अडकनाले दैनिकजसाे समस्या पार्दछ ।
दाँत दुखाइबाट मुक्ति पाउनकाे लागि यहाँ केही घरेलु उपचार विधिहरू उल्लेख गरिएकाे छ । यदी समस्या समाधान नभएमा दन्त चिकित्सककाे परामर्श तथा सेवा लिन ढिलाइ गर्नु हुँदैन ।
१. नुन–पानीले कुल्ला गर्ने : एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।
२. चिसो प्याक प्रयोग गर्ने : दुखेको दाँतमाथि चिसो कटनको टुक्रा राखेर दुखाईबाट क्षणिक रुपमा बँच्न सकिन्छ ।
३.ल्वाङको तेल राख्ने : दाँत दुख्दा ल्वाङको तेल राखेर घरमै उपचार गर्न सकिन्छ । तेल नभएको अवस्थामा ल्वाङको फुललाई नरिवलको तेलमा फुराएर त्यसको धुलो दाँत दुखेको ठाँउमा लगाउन सकिन्छ । यो तेलले दाँत बल्केको वा दुखेको कम गर्छ ।
४. तुलसी पत्ताको पेस्ट वा रस लगाउने : दाँत दुखाई रोक्न तुलसी निकै प्रभावकारी मानिन्छ । एक मुठी तुलसीको पात टिपेर राम्रोसँग पखाली त्यसलाई मसिनो गरि पिसेको पेस्ट वा रस दुखेको ठाँउमा लगाउँदा दुखाई निको गर्छ । तुलसीको रसले दाँत दुखाईबाट उत्पन्न हुने ज्वरोसमेत निको गर्छ । तुलसीको रसलाई कटनको कपडामा दलेर दुखेको ठाउँमा लगाउन सकिन्छ ।
५. निमपत्ता : ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।
— एजेन्सीकाे सहयाेगमा
