अण्डाको पहेँलो र सेतो भागमा पाईने तत्वबारे जानिराखाैँ
इन्भेष्टाेपेपर । वैशाख १४, २०७९
प्रोटिन तथा भिटामिनको लागी मानिसहले अण्डाको सेवन गर्ने गर्छन् । शक्ति अथवा उर्जा प्राप्त गर्नको लागी मानिसले अण्डाको सेवन गर्छन् । कतिलाई अण्डाको पहेँलो भाग मन पर्छ भने कतिलाई सेतो भाग । शरीररलाई यी दुबै भागले प्रोटिन दिन्छ ।
अण्डाको पहेँलो भागमा भिटामिन बी ६, बी १२, ए, डि, इ र के पाइन्छ । यसमा धेरै फ्याट पाईन्छ । यसमा पाईने क्याल्सियमको कारणले गर्दा आँखालाई राम्रो गर्छ । यसले आँखाको रेटिनालाई सुरक्षित राख्छ ।
अण्डाको सेतोे भागमा फ्याट नहुने भएकाले गर्दा यसमा क्यालोरी थोरै हुन्छ । तर सेतो भागमा क्यालोरी कम भएपनि यसले धेरै प्रोटिन दिन्छ । अण्डाको सेतो भागको सेवनले ब्लड प्रेसर सन्तुलनमा राख्छ र तौल बढाउन समेत मद्धत गर्दछ ।
— एजेन्सीकाे सहयाेगमा
