आइसिसी विश्वकप-२०२३ को उपाधि अस्ट्रेलियालाई

न्भेष्टाेपेपर । मंसिर ४, २०८०

काठमाडौं । भारतमा जारी आइसिसी विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ । आइतवार नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा १० विकेट खर्चेर २४० रन बनाएको थियो । भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४, कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ र कूलदीप यादवले १० रन बनाउनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् । बलिङतर्फ भारतका जसप्रित बुमराहले २ तथा मोहम्मद शामी र मोहम्मद शिराजले १/१ विकेट लिए ।

भारतले दिएको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाका टेभिस हेडले सर्वाधिक १३७, मार्नुस लाभुसचेनले ५८ र मिचल मार्शले १५ रन जोडे भने डेभिड वार्नरले ७, स्टिभ स्मिथले ४ र ग्लेन म्याक्सवेलले २ रनको योगदान दिए । बलिङतर्फ अस्टे्रलियाका मिचल स्टार्कले ३, जोश हेजलउड र कप्तान प्याट कमिन्सले २/२ तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले १/१ विकेट लिए ।

विश्वकप क्रिकेट प्रतियोगिताको यस १३औँ संस्करणको उपाधि जितेसंगै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन बनेकाे छ । यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो ।

एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसको पनि उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *