इन्टेरियर डिजाइनर्स एशोसियसन द्वारा पिपिइ सहयाेग
इन्भेष्टोपेपर । वैशाख २१, २०७७
इन्टेरियर डिजाइनर्स एशोसियसन् अफ नेपाल (IDEA Nepal) ले विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ रोगबाट बच्न सफाई कर्मीहरुलाई मास्क, बूट जुत्ता र पन्जा सहयोग गरेको छ ।
सो सामग्रीहरु IDEA Nepal की अध्यक्ष बिन्द्रा पक्षपति प्रधान, सचिव प्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई महानगर कार्यालयको परिसरमा हस्तान्तरण गर्नु भएकाे हाे ।
उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति IDEA Nepal को प्रसंशा गर्दै कोरोना भाइरसको चुनौती सामना गर्न ललितपुर महानगरपालिकाले गरेका विभिन्न क्रियाकलापबारे जानकारी दिनु भयाे भने IDEA Nepal की अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले कोभिडको महामारीको समयमा पनि खटिरहेका सफाईकर्मीहरुलाई केही राहत सहयोग उपलब्ध गराउन पाउँदा IDEA Nepal गौरन्वावित भएको कुरा व्यक्त गर्नुभयाे ।
