विभिन्न बस्तुमा लगाइएकाे आयात प्रतिवन्धले भन्सार महसुल घट्यो

इन्भेष्टाेपेपर ।  साउन १८, २०७९

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य पूरा हुन सकेन । 

अर्थ मन्त्रालयका अनुसार दुई खर्ब ७८ अर्ब ९२ करोड रुपियाँ भन्सार महसुल उठाउने लक्ष्य रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म दुई खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । लक्ष्यको तुलनामा ३७ अर्ब १४ करोड रुपियाँ कम हो । 

भन्सार महसुलअन्तर्गत आयातबापत सरकारले एक खर्ब ८७ अर्ब ३१ करोड रुपियाँ सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा २६ अर्ब ४८ करोड रुपियाँले कम हो । गत आर्थिक वर्षमा सरकारले आयातबाट दुई खर्ब १३ अर्ब ७९ करोड रुपियाँ भन्सार महसुलको लक्ष्य राखेको थियो । 

गत वैशाख १४ गते सरकारले विभिन्न दस वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यसलाई भदौ १४ गतेसम्म कायम हुने गरी साउनदेखि संशोधनसहित निरन्तरता दिइएको छ । यसअनुसार १५० सीसीभन्दा माथिका मोटरसाइकल, तीन सय डलरमाथिका मोबाइल, कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तिजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप कार र भ्यान, सबै प्रकार खेलौना र तासको आयातमा प्रतिबन्ध लगाइएको छ । (आजको राजधानी दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *