कस्ताे अनौठो ! बैजनी आलुकाे सेवनले मानिस हुन्छ दीर्घायु, देखिन्छ जवान
Investopaper, असाैज ०८, २०७६
आलुको सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहाेस यस्ताे आलुकाे सेवनले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनाैठाे (पर्पल पाेटेटाे) बैजनी आलुको ।
पेरू र बाेलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ओ शताव्दी मै यूराेपतिर प्रवेश गरेकाे भएता पनि सन १९८० काे दशकमा अमेरिका प्रवेश भएपछि प्रशिद्धी कमाउन थालेकाे मानिन्छ । अहिले बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सक्षम भएका छन् । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको बताइएको छ ।
वैज्ञानिकहरूले याे आलुमा पाइने तत्व र महत्वलाइ बुझेर टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी (Purple) रंगको हुन्छ । सामान्यतया बजारमा पाइने आलु भन्दा अलिक भिन्न किसिमको छ । यस आलुमा देखिएके बैजनी रंग एन्थाेसायिनन नामक रसायनकाे उपस्थितिले गर्दा हुने गर्दछ । यहि तत्वले नै एण्टीअक्सिडेन्टकाे काम गर्दछ ।
अनौठो प्रकृतिको यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै हुन्छ । अन्य रसेट पाेटेटाेमा भन्दा पर्पल पाेटेटाेमा अक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको बैज्ञानिकको भनाई छ । अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ ।
यसकाे साथसाथै आलुमा पाइने पाेटेसियम तत्वले प्रेसर कम गर्नमा निकै मद्दत पुर्याउने वैज्ञानिकहरूले बताएकाछन । एन्थाेसायनिन र भिटामिन बी-6 ले राेग प्रतिराेधात्मक क्षमतालाइ पनि बढाउने जनाइएकाे छ । अव सेवन गर्ने हैन त पर्पल पाेटेटाे ?
— एजेन्सी