चीनमा ईच्छा अनुसार सन्तान पाउने सीमा खुला

न्भेष्टाेपेपर ।  माघ १७, २०७९

काठमाण्डाैँ । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ ।

सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या नै खुम्चिने अवस्था आएपछि ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइएको हो ।

सिछुआनमा अविवाहितहरुलाई पनि सन्तान जन्माउने र उनीहरुका सन्तानको जन्म दर्ता गर्न दिइने भएको छ । सन् १९७० देखि एक सन्तान नीति लिएको चीनले सन् २०१६ मा उक्त नीति खारेज गर्दै दुई सन्तानको नीति ल्याएको थियो ।

तर पछिल्लो दशकमा जन्मदर निरन्तर घटेर देशको अर्थतन्त्रमै असर पर्ने खतरा आएपछि चिनियाँ अधिकारीहरु जन्मदर कसरी बढाउने भन्ने योजनामा लागेका छन् । बढी सन्तान जन्माउने आमाहरुलाई करमा सुविधा दिने प्रस्ताव चीन सरकारले ल्याएको छ । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *