दुई वर्षयता रारा ताल घुम्न आउने पर्यटक बढे

न्भेष्टाेपेपर । जेठ १३, २०८०

मुगु । पर्यटकीयस्थल रारा तालमा घुम्न आउने आन्तकि एवं बाह्य पर्यटक बढेका छन् । बैशाख र जेठ महिनामा पर्यटक संख्या बढ्दै गएको छ ।

पछिल्लो दुई वर्षयता रारा ताल घुम्न आउने पर्यटक गएको दुई वर्षयता रारामा घुम्न आउने बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यलयका निमित्त संरक्षण अधिकृत शन्तबहादुर मगरले बताए । नेपालकै ठूलो ताल रारा पर्यटकीय सुन्दरताको धनि भएपनि बास अभावले पर्यटक छोटो बसाइमा फर्किन विवश छन् ।

होटल डाँफे र होटल हेरिटेजमा एक रात बिताएपछि प्रायः पर्यटक फर्किन्छन् । कारण अन्य होटल छैन । माझघण्टका साना होटल, एक, दुई होमेस्टे र केही पर रहेको सल्लेरीले रारा जाने पर्यटकलाई धान्न सक्दैन ।

अहिले रारा आउन सडकको व्यवस्था भएकाले पर्यटक बढेको मगरको भनाइ छ । चैत, वैशाख र जेठलाई रारामा घुम्न आउने उत्तम समय मानिन्छ । गएको वैशाख महिनामा मात्रै रारामा आन्तरिक पर्यटक २ हजार १ सय १४ जना आएका छन् भने बाह्य पर्यटक १ सय ४८ जना आएका छन् ।

सार्क मुलकबाहेक स्वीटजरल्यान्ड, नर्वे, फ्रान्स, अमेरिका, यूके, अस्ट्रेलियालगायतका मुलुकका पर्यटक आउने गरेको संरक्षण अधिकृत मगरले राजधानीलाई बताए । (आजको राजधानी दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *