घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा

इन्भेष्टाेपेपर ।  चैत्र २८, २०७८

कमठमाण्डाैँ । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ।२०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

भेटायोको शुरुवात खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नकालागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको हाे।

भेटायाेले ग्राहकको अमूल्य समयलाई ध्यानमाराखी तपाईकै घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि याे अनलाइन प्लेटफर्म निर्माण गरेकाे जनाएकाे छ ।

“भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउदँछ। भेटायोले आफ्नो सञ्चालनको पहिलो महिनामा १००० भन्दाबढी प्रयोगकर्ताहरू र १०० भन्दाबढी सेवाप्रदायकहरू प्राप्तगर्न सफल भएको छ। तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *