पानी ट्यांकी कुन दिशामा राख्दा सुखसमृद्धि ?
इन्भेष्टाेपेपर । असार ३०, २०८३
ज्योतिष विधा अन्तर्गत वास्तुशास्त्र एक शाखाका रुपमा रहेको छ । यसले घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराबारे बाटो देखाउँछ । घरको जग निर्माणदेखि लिएर सम्पन्न भइसकेपछि सजावटसम्मको पक्षबारे वास्तुशास्त्रले बाटो देखाउँछ । यसैअन्तर्गत यहाँ घरको कुनचाहिँ दिशामा पानीको व्यवस्था मिलाउँदा उपयुक्त हुन्छ भन्ने चर्चा गरिएको छ ।
जुन बेला वास्तुशास्त्र रचना गरियो त्यति बेला ट्यांकी प्रचलनमा थिएनन् । तर पानीको भण्डार कुन दिशामा गर्दा उपयुक्त हुन्छ भन्नेबारे वास्तुशास्त्रले निर्देश गरेको छ ।
वास्तुशास्त्रका अनुसार उत्तर र पूर्व दिशा जल अर्थात् पानीका लागि उपयुक्त हुन्छ । त्यसैले फिल्टर, वाटर प्युरिफायर, युरो गार्ड, पानीको बाल्टी, गाग्रीजस्ता पानीसँग सम्बन्धित उपकरण पनि पूर्व तथा उत्तर दिशामा राख्दा उपयुक्त हुन्छ ।
सकारात्मक ऊर्जा र समृद्धि आकर्षित गर्न भूमिगत पानी ट्याङ्कीहरू उत्तर वा उत्तर-पूर्वमा राख्नुपर्छ। यसको विपरीत, संरचनात्मक स्थिरता र वित्तीय सुरक्षा सुनिश्चित गर्न छत माथिका पानी ट्याङ्कीहरू दक्षिण-पश्चिम वा पश्चिममा राख्नुपर्छ।
त्यसैले पानीको ट्यांकी छत माथिका घरको दक्षिण–पश्चिम दिशामा राख्नु उपयुक्त हुन्छ । यसबाट घरमा उन्नति र समृद्धि आउने वास्तुशास्त्रले बताएको छ । यससम्बन्धी निर्णय गर्दा वास्तुविद्सँग परामर्श लिनु पनि उपयुक्त हुन्छ ।
— एनेन्सीकाे सहयाेमा
