कृषि विकास बैंक विजुवार शाखाको समुद्घाटन
इन्भेष्टोपेपर । आश्विन ०८, २०७८
काठमाडौँ । प्युठान जिल्लाको विजुवारमा रहेको कृषि विकास वैंक लि.को विजुवार शाखाको औपचारीक समुदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र प्युठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिवाट संयुक्त रुपमा समुदघाटन सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथिी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले नुन देखि सुन सम्मको कारोवार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान वनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको वताउनु भयो ।
नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापीत पुरानो सरकारी वैंक कृषि विकास र्वैंकले प्रतिस्पर्धी वैंकहरुको भिडमा जनताको भावाना र चाहाना वमोजिम आफुलाई परिवर्तित गर्दै लैजानु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी कृषि विकास वैैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले वैंकले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराउनु भएको थियो ।
स्थानीयहरुको व्यापक सहभागिता रहेको उक्त उदघाटन कार्यक्रममा कृषि विकास वैंक लि.प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरीराज रेग्मी, प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लक्ष्मी प्रकाश भण्डारी, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति, कृषि विकास बैक लि.शाखा खलंगा र शाखा भृगीका कर्मचारीहरुको सहभागीता समेत रहेको थियो । कार्यक्रम संचालन शाखा प्युठान (खलंगा) का प्रवन्धक नरेश सुवेदीले गर्नु भएको थियो ।
