चन्द्रयान-२ काे प्रक्षेपण सफलः भारतकाे पनि चन्द्रमासम्म पहुंच पुग्दै

Investopaper, श्रावण ०६, २०७६

श्रीहरीकोटा — भारतको चन्द्र अभियान अन्तर्गतको दोस्रो चन्द्रयान-२ आन्ध्र प्रदेशको श्रीहरीकोटामा सतिश धवन अन्तरिक्ष केन्द्रबाट आज अपराह्न २ बजेर ४३ मिनेटमा प्रक्षेपण गरिएकाे भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएकाे छ ।

गत साेमवार अपरान्ह २ बजेर ५१ मिनेट जांदा लन्च गर्ने तयारीमा रहेकाे चन्द्रयान-२ मा एक घण्टा अगाडी अकस्मात प्राविधिक समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएकाे थियाे । इसरोका अनुसार चन्द्रयान-२ प्रक्षेपण गर्नु ५६ मिनेटअघि प्रक्षेपण समयको गन्ती रोकिएको थियो।

परियोजना अन्तर्गत चन्द्रयान-२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण गर्ने बताइएको छ। यदि यानकाे अवतरण सफल भएकाे खण्डमा भारत चन्द्र धरातल टेक्ने चाैथाे राष्ट्र हुने छ भने दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलाे राष्ट्र हुनेछ । यस अघि रूस, अमेरिका र चीनले चन्द्रमामा अन्तरिक्षयान पठाइ सकेका छन् ।

करीव १५ कराेड डलर खर्चमा सम्पन्न चन्द्रयान-२ परियाेजना प्रक्षेपण गरेको झन्डै दुई महिनामा ३.८४ लाख किलोमिटरको यात्रा पार गरेर चन्द्रमामा पुग्नेछ। अन्तरिक्षयानको तौल झन्डै दुई हजार तीन सय ८० किलो छ र यसमा तीन भिन्न भाग छन् – अर्बिटर, ल्यान्डर र रोभर हुन जुन भारतमै बनेका हुन्।

अन्तरिक्षयानले १३ भारतिय तथा एक नासाको वैज्ञानिक उपकरण लिएर जानेछ । यसमा ८ उपकरण अर्बिटरमा, तीन ल्यान्डरमा र दुई रोभरमा हुनेछन् । चन्द्रयान–२ले चन्द्रमामा अशोक चक्र र इसरोको प्रतिकको छाप छोडेर आउनेछ । इसरोका अध्यक्षका अनुसार रोवरको एक खुट्टामा अशोक चक्र र अर्कोमा इसरोका प्रतिक छापिएको छ र यो गुड्ने क्रममा चन्द्रमामा त्यसको छाप बस्नेछ ।

यस अभियानको प्राथमिक उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरित हुनु र सतहमा रोबोट रोभर सन्चालित गर्नु हो । यस बाहेक चन्द्रमाको सतहको नक्सा तयार गर्नु, खनिज पदार्थको बारेमा जानकारी संकलन गर्नु, चन्द्रमा बाहिरको वातावरण स्क्यान गर्नु र पानीको उपस्थिति पत्ता लगाउनु रहेकाे इसराेले जनाएकाे छ ।

यस अघि भारतले सन् २००८ मा पठाएकाे चन्द्रयान-१ भने चन्द्रमाको सतहमा अवतरण भएको थिएन । यानमा जडित रेडारको मद्दतले चन्द्रमामा भएकाे पानीबारे खोज गरेको थियो।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *