यू – १९ महिला टी – २० विश्वकपकाे उपाधि भारतले उचाल्याे

न्भेष्टाेपेपर । माघ २०, २०८१

काठमाण्डाै । दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । भारतकी गोन्गादी तृषाले नटआउट ४४ रन बनाइन् । दक्षिण अफ्रिकाकी क्याला रेनेकेले १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रन बनाउँदा अलआउट भयो । दक्षिण अफ्रिकाकी मिक भान वूस्र्टले सबैभन्दा धेरै २३ रन बनाइन् । भारतकी गोन्गदी तृषाले ३ विकेट लिइन् ।

भारतले लगातार दोस्रो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *