ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै : नेपालको पूर्वभन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने

न्भेष्टाेपेपर ।  कार्तिक ८, २०७९

काठमाण्डौँ । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन् ।

खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनुभयो ।

उहाँले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताउनु भयो । ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताउनुभयो ।

ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो रहेको बताउनु भयो । वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ती हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उहाँले उल्लेख गर्नुभयो ।

खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताउनु भयो ।

डा. आचार्यले नेपालमा खगोल विज्ञानको अध्ययन, अनुसन्धान भने राम्रोसँग हुन नसकेको बताउनु भयो । उहाँले टेलिस्कोपहरु नेपालमा धेरै भित्रिरहेकोले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुग्ने गरेर अध्ययन अनुसन्धान हुने बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *