दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउन पहल

न्भेष्टाेपेपर । असाेज २, २०८०

काठमाडौँ ।  सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ । 

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र दक्षिण कोरियाका लागि नेपाली राजदूतसँग भएको छलफलका व्रmममा सो सम्भावनाबारे बताइएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालबाट दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्तिको माग भएकाले पठाउन सकिने वा नसकिने भन्ने विषयमा अवधारणापत्र प्रस्तुुत गर्नुुभएको थियो । 

दक्षिण कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दक्षिण कोरियामा नेपालबाट उच्च सिपयुक्त जनशक्ति पठाउन सकिने र यसका लागि त्यहाँको मानव संसाधन मन्त्रालयसँग यस विषयमा कुरा गर्ने जानकारी दिनुुभयो । 

दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति कुुन कुुन क्षेत्रमा के कति सङ्ख्यामा पठाउन सकिने सम्भावना रहेको भन्नेबारेमा बुझेर नेपाल सरकारलाई जानकारी गराउने उहाँको भनाइ छ । 

हाल दक्षिण कोरियामा रोजगार अनुुमति प्रणाली (इपिएस) को माध्यमबाट नेपाली श्रमिक, प्रशिक्षार्थी  श्रमिकका रूपमा र अध्ययन भिसामा नेपाली जाने गरेका छन् । सन् २००८ बाट इपिएस प्रणालीबाट दक्षिण कोरिया नेपाली श्रमिक जाने गरेका हुुन् । 

इपिएस प्रणाली अन्तर्गत अहिलेसम्म एक लाख बढी नेपाली श्रमिक दक्षिण कोरिया पुुगेका छन् । गत आर्थिक वर्ष मात्रै लगभग २१ हजार नेपाली इपिएसबाट दक्षिण कोरिया पुुगेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस शाखाले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *