प्रेरक कथा : दानकाे महान महिमा

न्भेष्टाेपेपर । असाेज २, २०८०

एक पटक राजा भोज जङ्गलकाे बाटाे भएर जाँदै थिए । उनीसँगै उनका राजकवि पण्डित धनपाल पनि थिए ।

बाटोमा एउटा ठुलो बरको रुखमा मौरीको ठुलो घार (गाेलाे) थियो । जुन महको तौलका कारण खस्न लागेको थियो । राजा भोजले ध्यान दिएर हेरे र मौरीहरूले घारमा हात खुट्टा रगडिरहेका थिए। उनले राजकविलाई यसको कारण सोधे।

राजकविले भने- महाराज ! दानमा ठूलो महिमा छ। शिव, दधिची, कर्ण, बली आदि धेरै दाताहरुको नाम यस लाेकमा नभए (मृत्युपर्यन्त) पनि प्रयोग भइरहेको छ। जहाँ आज ठूला-ठूला राजा-महाराजाहरूको नाम पनि कसैले लिदैनन किनकी जसले पैसा जम्मा गरे मात्र तर दान गरेनन्।

यी माहुरीहरूले पनि आफ्नो जीवनभर जम्मा गरे, कहिल्यै दान गरेनन्। त्यसैले आज उनीहरु आफ्नो सम्पत्ति नष्ट हुनलागेकाे देखेर दुःखी छन् । त्यही भएर उनीहरु हात खुट्टा रगडिरहेका छन् ।

त्यसैले आवश्यकताभन्दा बढी जम्मा गर्नु सधैं दुःखको कारण हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *