कुमारी क्यापिटलले शुरु गर्याे संस्थागत परामर्श सेवा
इन्भेष्टाेपेपर । भाद्र २३, २०७९
काठमाडौ । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “Way to Listing” नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले यस सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ ।
साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ ।
क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुर्याउने छ ।
