श्रम कार्यालयलाई दुई सिफ्टमा काम गर्न निर्देशन

इन्भेष्टोपेपर । मंसिर ८, २०७८

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

श्रम मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचल कार्यालयलाई दुुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार बुँदे निर्देशन दिएको जनाएको छ । निर्देशनमा आवश्यकताअनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनका आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउनुुपर्ने उल्लेख छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *