अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिका कार्यालय, धनुषाबीच विमा सम्झाैता

इन्भेष्टाेपेपर ।  जेठ २७, २०७९

काठमाण्डाैँ । अजोड ईन्स्योरेन्स लिमिटेड र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाकाबीच स्थानीय निकायमा सहकार्यकाेरूपमा विमा गर्न सम्झाैता भएकाे छ ।

उक्त सम्झाैतामा अजोड ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गर्नुभयाे ।

नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकाय संग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न भएको हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *