खगराज बरालद्वारा लिखित ‘स्यानी’ उपन्यासमाथि अन्तरसंवाद

इन्भेष्टोपेपर । मंसिर २६, २०७८

काठमाण्डाैं । उपन्यासकार खगराज बरालद्वारा लिखित ‘स्यानी’ उपन्यासबारे शनिबार अन्तरसंवाद गरिएको छ । साङ्ग्रिला बुक्स प्रालिद्वारा प्रकाशित सो कृतिबारे आयोजित कार्यक्रममा प्रा डा जयराय आचार्यले उपन्यासको शिल्प पक्ष ज्यादै आकर्षक र काव्यमय भएको र करुणरसले भरिपूर्ण भएको बताउनुभयो ।

“उपन्यास पढ्दा कुनै भिडियो वा चलचित्रले गर्ने वर्णन भन्दामाथि शब्दले हृदयभित्रका सुक्ष्म अनुभूतिगम्य विषयलाई सम्प्रेषण भएको महसुस हुन्छ”, उहाँले भन्नुभयो, “शब्दद्वारा शब्दातीत अनुभूतिलाई सम्प्रेषण गर्न सक्नु लेखकीय क्षमताको चमत्कार हो । उपन्यासमा बाल्यकालका घटना, ग्रामीण परिवेशको चित्रण, अनेकानेक चाडपर्वको अति सजीव वर्णन पाइन्छ ।”

अर्का वक्ता डा चन्द्रकला घिमिरेले उपन्यास पहाडी हिन्दू समुदायको चालचलन, विश्वास, प्रचलन, रीति संस्कृति, चाडपर्व, लोक संस्कारका लागि एउटा विश्वविद्यालय नै भएको उल्लेख गर्दै बिर्सँदै गएका वर्तमान आधुनिक पुस्ताले कालान्तरमा यी विषयवस्तु अध्ययन गर्ने बताउनुभयो ।

उहाँले उपन्यासले वैयक्तिक अनुभव र भोगाइलाई औपन्यासिकता दिएर नयाँ प्रयोग गरेको बताउनुभयो । उपन्यासको शैलीबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै आपूmलाई थोरै उपन्यासले मात्र मन छोएका र यस्तो उपन्यासमा ‘स्यानी’ परेको उल्लेख गर्नुभयो ।

लेखक बरालले उपन्यास आफ्नो बाल्यकालको अनुभूति र आमाको वियोगको समिश्रण भएको व्यक्त गर्नुभयो । पाठकका तर्फबाट विचार राख्दै नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक कमलसिंह बमले उपन्यासमा प्रयुक्त भाषा र आञ्चालिकताले आफूलाई निकै आकर्षण गरेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वसचिव बराल हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको लोकसेवा आयोगका अध्यक्ष हुनुहुन्छ । उहाँका यसअघि शिक्षा र अनुसन्धान क्षेत्रका पुस्तक प्रकाशित छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *