आइपिएल फाइनलः हैदरावादलाई हराउँदै कोलकाता बन्याे च्याम्पियन

न्भेष्टाेपेपर । जेठ १४, २०८१

चेन्नई  ।  कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादलाई फाइनलमा आठ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।

कोलकाता सन् २०१२ र २०१४ मा पनि च्याम्पियन बनेको थियो । सन् २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादकाे दोस्रो पटक च्याम्पियन बन्ने सपना पुरा हुन सकेन ।

कोलकाताले पहिलो क्वालिफायरमा हैदरावादलाई नै हराएर फाइनलमा पुगेको हो । शीर्ष दुई स्थानमा रहेर अगाडि बढेको हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

कोलकाताले उपाधि जितेपछि ट्रफीसहित २० करोड भारतीय रुपियाँ हात पा¥यो । उपविजेता सनराइजर्स हैदरावादले १३ करोड भारतीय रुपियाँमा चित्त बुझायो । यसै गरी तेस्रो हुने राजस्थान रोयल्स सात करोड र चौथो हुने रोयल च्यालेन्जर्स बेङ्गलुरु ६.५ करोड भारतीय रुपियाँको हकदार बने ।

टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावाद १८.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो । आइपिएल फाइनलमा बनेको यो सबैभन्दा न्यून स्कोर हो । कोलकाताले सहज लक्ष्य १०.३ ओभरमै दुई विकेटको क्षतिमा हासिल ग¥यो । वेङ्कटेस एयरले २६ बलमा अविजित ५२ रन बनाए भने एयरले प्रारम्भिक ब्याट्सम्यान गुरवाजसँग मिलेर दोस्रो विकेटका लागि ९१ रनको साझेदारी रन जितकाे काेशेढुंगा बन्याे । गुरवाजले ३२ बलमा ३९ रन जाेडन सफल भए ।

काेलकाेताका लागि सबैभन्दा महँगा खेलाडी (तेज बलर) मिचेल स्टार्कले हैदरावादको शीर्ष ब्याटिङ क्रमका प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्मालाई दुई रनमै बोल्ड गरी पहिलो झट्का दिए र आफ्नो पहिलो स्पेलमा नै राहुल त्रिपाठीलाई पनि नौ रनमा आउट गरे ।  यसबिच प्रारम्भिक ब्याट्सम्यान ट्रेभिस हेड आफूले सामना गरेको पहिलो बलमै वैभव अरोराको बलिङमा पवेलियन फर्किए ।

यस प्रतियोगितामा रोयल च्यालेन्जर्स बेङ्गलुरुका खेलाडी विराट कोहली ७४१ रन बनाइ सर्वाधिक रनकर्ता र हर्सल पटेल २४ विकेट लिदै सर्वाधिक विकेट लिने बलर बन्न सफल भए। यी दुवैले जनही १५ लाख भारतीय रुपियाँ पुरस्कार पाए।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *