दिल्लीकाे लज्जाजनक पराजयः हैदरबादसँग ८८ रनले पराजित

इन्भेष्टाेपेपर । कार्तिक १२, २०७७  

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स सनराइजर्स हेदराबादसँग ८८ रनले पराजित भएकाे छ ।

गएराति भएको खेलमा जीतसंगे १ नं. मा पुग्ने सपना बाेकेर मैदानमा उत्रिएकाे दिल्ली सनराइजर्स हैदरबादासँग ८८ रनले पराजित भएपछि तेस्रो स्थानमा झरेको छ । हैदराबादले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १ सय ३१ रनमात्र बनाउन सक्यो । हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

जितसँगै १० अंक बनाउँदै हैदराबादले तालिकामा पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । उसको प्ले अफमा पुग्ने सम्भावना कायमै छ । यस्तै हारेको दिल्ली १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स तालिकाको शीर्ष र रोयल च्यालेन्जर्स बेङ्ग्लोर दोस्रो स्थानमा छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *