सवैकाे लघुवित्तकाे आइपिओ भर्ने आज अन्तिम दिन
Investopaper, श्रावण ०५, २०७६
सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्राथमिक शेयरमा आवेदन दिने आज (श्रावण ५, २०७६) अन्तिम दिन हाे । एनआइविएल एस क्यापिटल निष्काशनकर्ता रहेकाे लघुवित्तकाे श्रावण १, २०७६ देखि विक्रि खुला गरिएकाे थियाे ।
लघुवित्तले जारी गरेकाे ५ लाख ३० हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात ८ हजार २ सय ५० कित्ता कर्मचारीहरूकाे लागि छुट्याइएकाे छ । यसैगरी ५ प्रतिशतले हुने २६ हजार ५ सय कित्ता सामुहिक लगानी काेषलाइ छुट्याइ बांकि ४ लाख ९५ हजार २ सय ५० कित्ता शेयर सर्वसाधारणकाे लागि खुला गरिएकाे थियाे ।
प्रति कित्ता एक सयका दरले कम्तिमा १० कित्ता र बढीमा २ हजार कित्ताकाे लागि आवेदन दिन पाएने आइपिओमा पहिलाे दिन नै चाहिनेभन्दा बढी रकमकाे आवेदन परिसकेकाे थियाे । तयसकारण आज बन्द हुने निश्चित छ ।
