सर्वसाधारणका लागि आजदेखि पिपुल्स् हाइड्रोपावरकाे आईपीओ निष्कासन

इन्भेष्टाेपेपर ।  कार्तिक २५, २०७९

काठमाडौं । पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गते (आज) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा विक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयरसहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको यस कम्पनीकाे शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा ४ कार्यदिन अर्थात कात्तिक २९ गते हुनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा मंसिर ९ गतेसम्म आवेदन दिने म्याद थप हुने छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *