एकाबिहानै चिया पिउनु राम्राे हाे ? दुध या कालो कुन चिया पिउनु बेश ?

न्भेष्टाेपेपर । भाद्र ९, २०८०

बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ। बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया पिउछन्।

के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन्। चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ। चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ।

चिया पिउनुका फाइदा नभएका होइनन्। तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ। दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन। ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।

‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ । दूध चियाले मोटोपन बढाउछ। चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ। दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो। दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। (एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *