काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, सावधानी अपनाउन अनुरोध

इन्भेष्टोपेपर । मंसिर २५, २०७८

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५ दशमलव ४ डिग्री मापन गरिएको छ । शुक्रवार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री थियो ।     
     
 न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।     
     
आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।     
     
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २० दशमलव ७ डिग्री सेल्सियस रहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *