शरणार्थी प्रकरणमा आरजुको नाम लिँदै करोडको डिल गरिएको अडियो सन्देश शर्माको भएको पुष्टि

न्भेष्टाेपेपर । असार २४, २०८०

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालयले उक्त अडि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका दाङको तुलसीपुर घर भएका सन्देश शर्माको भएको जनाएको छ। अडियो परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायले जनाएका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको प्रहरी अनुसन्धान चलिरहँदा आरजुको नाम समेत लिएर रकम डिल भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *