इंग्ल्याण्डलाई हराउँदै इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

इन्भेष्टोपेपर । असार २८, २०७

काठमाडौं ।  इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । इंग्ल्याण्डकाे वेम्बली स्टेडियममा भएको फाइनल खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली यूरो कपको च्याम्पियन बनेको हो ।

निर्धारित समयकाे खेलमा १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न नसकेपछि खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । यसैगरि इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो ।

खेलको दोस्रो मिनेटमै ल्युक शाले गोल गर्दै घरेलु टोलिलाई १–० को अग्रता दिलाए पनि याे जीतकाे लागि प्रयाप्त भएन । पहिलो हाफको अधिकांश समय इटालीले बलमाथि नियन्त्रण राखेपनि गोल गर्न भने सकेन । दोस्रो हाफमा ६७ औं मिनेटमा लियोनार्दो बोनुसीले गाेल पाेष्टकाे नजिकबाट गाेल गर्दै इटालीलाई बराबरीमा पुर्याएका थिए ।

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटालीले यूरो कप फुटबलको उपाधि जितेको यो दोस्रो अबसर हो । यसअघि उसले सन् १९६८ मा उपाधि उचालेको थियो ।

इटालीका गोलरक्षक जियानलुगी डोनारुमा युरो-२०२० को उत्कृष्ट खेलाडी चुनिएका छन् । इटालीले फाइनलमा इंग्यान्डमाथि प्राप्त टाइब्रेकर जितमा उनले दुई प्रहार जोगाएका थिए । इंग्ल्यान्डका बुकाया साका र जेडन सान्चोको प्रहार रोक्दै इटालीलाई युरोकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैगरि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच गोलसहित गाेल्डेन बुट पाउने खेलाडी बने । चेक गणतन्त्रका प्याट्रिक सिकले पनि उत्तिकै गोल गरेपछि रोनाल्डोले पोर्चुगलको एक गोलमा पनि भूमिका खेलेको हुनाले उनलाइ याे अवार्ड दिइयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *