जनता बैंकका शेयरधनीहरूले कति पाउँदैछन त लाभांश ?

Investopaper, असाैज ०६, २०७६

जनता बैंक लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट शेयरधनीहरूकाे लागि लाभांश घोषणा गरेको छ । बैंकले शेयरधनीहरूलाइ ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीकाे आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ सम्मको मुनाफाबाट वितरण गरिने बाेनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । जनता बैंकले ग्लोबल आईएमई बैंकसंग मर्जरमा जाने सम्झौता भने गरिसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *