पर्यटन प्रवर्धनका लागि त्रिशूली नदीमाथि जीपलाइन

इन्भेष्टाेपेपर ।  चैत्र २५, २०७८

मुग्लिन । पर्यटन प्रवर्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो ।

इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जीपलाइनको उद्घाटन गर्नुभएको हो । जीपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जीपलाइनले पर्यटन विकासमा टेवा पु¥याउने विश्वास गर्नुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “जीपलाइनले इच्छाकामनाको पर्यटकीयस्थल लामो झरना, इच्छाकामना मन्दिर, सिराइचुली, उपर्दाङगढी, त्रिशूली नदी ¥याफ्टिङ सबै समेट्छ, यहाँ आउने पर्यटक माथितिरका अन्य पर्यटकीयस्थलको भ्रमण गर्ने र माथिबाट आएर गण्डकी गाउँपालिकाको पर्यटकीयस्थलको अवलोकन गर्न जाने हुँदा जीपलाइन सञ्चालनसँगै आर्थिक समृद्धिका लागि व्यावसायिकरूपमा साथै हरेक कुरामा टेवा पुग्ने विश्वास लिएको छु ।” 

गण्डकीका अध्यक्ष राना मगरले जीपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताउनुभयो । जीपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटललगायतका व्यवसायीलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमूना भएको बताउनुभयो । उहाँका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ । नेपाली नागरिकका लागि रु एक हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उहाँले बताउनुभयो ।

जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीले बताउनुभयो । प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले रु तीन करोडमा जीपलाइन निर्माण गरिएको बताउनुभयो । एडभेञ्चर टुरिजम विकासका लागि उहाँले नेपालमै पहिलोटक ८० प्रतिशत भाग नदीमाथि पर्ने थ्रिलिङ (रोमाञ्चक) किसिमको जीपलाइन भएको बताउनुभयो । तीन महिनाभन्दा बढी परीक्षण गरिएको हुँदा कुनै समस्या नदेखिएकाले यो जीपलाइन पूर्ण सुरक्षित रहेको निर्देशक सिंखडाको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *