जोशी हाइड्रोपावरको आइपीओ आजबाट खुल्यो, कहांबाट र कतिसम्म भर्न पाइन्छ ?
INVESTOPAPER, December 2, 2018
काठमाडौं–जोशी हाइड्रोपावरको आइपिओ आजबाट बिक्री खुला भएको छ । १६ लाख ९० हजार ४ सय ७० कित्ताका लागि आवेदन खुला भएको हो ।
यसमा कर्मचारीका लागि ३ प्रतिशत अर्थात ५० हजार ७ सय ५० कित्ता, सामूहिक लगानीकोषलाई ५ प्रतिशत अर्थात ८४ हजार ५ सय २३ कित्ता र बाँकी रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता सर्वसाधारणका लागि बिक्रि खुला गरिएको कम्पनीले जनाएको छ ।
आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आवेदन मंसिर १९ गतेसम्म खुला रहनेछ ।
आवेदन सी—आस्वामार्फत दिन सकिनेछ । कम्पनीले स्थानीय बासिन्दाको लागि खुला गरेको तर बिक्रि नभएको २ लाख ४२ हजार १० कित्ता सेयर पनि यसैमा समावेश गरेको छ । कम्पनीले इलाम जिल्लामा अपर पूवा १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको विकास तथा आयोजना निर्माण गर्दा दिएको ऋण तिर्न पुँजी जुटाउँन आइपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । यसको बिक्रि प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
