पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक

न्भेष्टाेपेपर । माघ १४, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताउनुभएको छ । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताउनुभयो । “हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरेको छ”, उहाँले भन्नुभयो, “स्वतन्त्र, व्यावसायिक तथा निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।”

गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाउनुभयो । पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “कपोकल्पित समाचार सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालका भ्रम सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्नेलगायत गतिविधिबाट आफू र सञ्चारगृहलाई जोगाउन आग्रह गर्दछु,” मन्त्री लेखकले भन्नुभयो, “त्यस्ता गतिविधि बढेमा समग्र सञ्चारजगतप्रतिको विश्वास कमजोर हुन्छ ।”

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकसमक्ष ध्यानाकर्षणपत्र बुझाउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *