सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

इन्भेष्टाेपेपर ।  साउन २८, २०८३

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ ।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको घटनाको विरोध गर्दै महासङ्घले अविलम्ब रिहा गर्न माग गरेको हो ।

 महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध पक्राउ गरिएका’मा आपत्ति व्यक्त गर्दै रिहाइको माग गरिएको छ । 

सम्पादक श्रेष्ठको रिहाइको माग गर्दै महासङ्घको आह्वानमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँको कार्यालय अगाडि पत्रकारहरूले आज बिहानदेखि धर्ना दिएका छन् ।

 पत्रकार महासङ्घसहित आमसञ्चारसम्बद्ध विभिन्न सङ्घ, संस्थाका तर्फबाट समेत पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकामा विरोध गर्दै रिहाइका लागि अनुरोध गरिएको छ । 

 यसैबीच नेपाल प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी उजुरीका आधारमा अदालतबाट अनुमति लिई पत्रकार श्रेष्ठलाई पक्राउ गरेको स्पष्ट गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *