ज्योति विकास बैंकद्वारा २ स्वास्थ्यचौकीहरूलाई बेबी वार्मर प्रदान

इन्भेष्टोपेपर । फागुन ५ २०७८

काठमाण्डाैँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत चिउरीडाँडा स्वास्थ्यचौकी- खोटाङ र कल्पवृक्ष स्वास्थ्यचौकी- सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर प्रदान गरेकोछ।

बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो।

चिउरीडाँडा स्वास्थ्यचौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धनकोषका संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानं.७- खोटाङका वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिकाअध्यक्ष महन्तकुमार राईलाई सो बेबी वार्मर औपचारिकरुपमा हस्तान्तरणग र्नु भएको हो।

साथै कल्पवृक्ष स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा बैंककातर्फबाट सुरेन्द्र नेपालीले मरीण गाउँपालिका वडानं.३, सिन्धुलीका वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका विमर्श मोक्तानलाई सो बेबी वार्मर औपचारिकरुपमा हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमारहेका सम्भावनाहरुको पहिचानगरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विका सप्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धि कार्यहरु गर्दै आएको छ​।बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२वटा “न्यानोनानी” बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानोनानी” परियोजना – २ को लागि सहयोग प्रदान गरेको थियो।

ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *