कैलाली – २ बाट निर्वाचित सांसद अरुण चौधरी जेल चलान

न्भेष्टाेपेपर ।  माघ २०, २०७९

काठमाण्डाैँ । कैलाली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जेल चलान गरिएको छ ।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधि सभा सदस्य चौधरीलाई जेल चलान गरेको हो ।

गत मंसिर ४ गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरी बिहीबार बाँकेबाट पक्राउ पर्नु भएको थियो । शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरेलगत्तै अदालतको आदेश बुझाएर चौधरीलाई जेल चलान गरिएको हो ।

१३ वर्ष अघि २०६६ सालमा ट्याक्टर जलाएको घटनामा सांसद चौधरीसहित तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना जेल र ८ लाख १८ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।

कैलाली जिल्ला अदालतले २०७० साल बैशाख ९ गते उक्त घटनाको फैसला सुनाएको थियो ।

यसबीचको अवधिमा फरार सूचिमा रहेका चौधरी बिहीबार पक्राउ गरी अदालतको आदेश कार्यान्वयनका लागि कैलाली लगिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *