कमल मान सिंहको “मायालु” सार्वजनिक, नायिका प्रियंका कार्कि रोमान्टिक अभिनय

न्भेष्टाेपेपर । पुस ९, २०८०

काठमाण्डौ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिहं क्रिसमस र अंग्रजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत “मायालु” को भिडियोमा नायिका प्रियंका कार्कि रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन ।

केही समय देखि विभित्र टेलिभिजन रियालिटि शोहरुमा व्यस्त नायिका प्रियंका कार्कि पुनः म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन । एक हप्ता अगाडि हरिवंश आर्चायको मानव बेचविखनमा बिरुद्घको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा सहदेव चन्दसँग नवरुपमा प्रस्तुत भएकी हुन । कमल मान सिहंको नै शब्द तथा संगित रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ । रोमन मार्सको सिनोमोग्राफि र सुप्रिम पराजुलिको सम्पादन रहेको भिडियोलाई गायक स्वंयमले नै निर्देशन गरेका हुन ।

दुई दशक भन्दा अगाडि देखि नेपाली संगीतिक क्षेत्रमा सक्रिय पपगायक कमल मान सिहंको दर्जनौ गीतहरु दर्शकश्रोताहरुमा माझ लोकप्रिय छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *