कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालन

इन्भेष्टोपेपर । आश्विन ०८, २०७

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलाेड गरी “के.एस डिजी” डिजिटल वालेट खोल्न सकिनेछ ।

हिजो एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गर्नुभएको हो । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition  गर्न सक्ने ]  Artificial Intelligence (AI)  को प्रयोग भएको छ । साथै, खाता खाेल्न, कर्जा निवेदन लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *