कामना सेवाकाे अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आर्थिक सहयोग
माघ २७, २०७६ | Investopaper
कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैँचा स्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोलाले गर्नभएको थियो ।
बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा अध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशी राज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनिय कार्य गरेकोले धन्यवाद ज्ञापन गर्नु हुदै बैकलाई सबै क्षेत्रले सहयोग गर्नु पर्ने कुरामा जोड लिनु भएको थियो ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्ण प्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समुहका अध्यक्ष पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रध्यानध्यापक सिता काफ्ले, अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर पुजारी ज्योतिस लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जानकारी गराएकाे छ ।
