कामना सेवाको कल सेन्टर सञ्चालनमा

फाल्गुण ०१, २०७६ | Investopaper

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आज फाल्गुण १ गते बिहीवारबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

याे सेवा सञ्चालनबाट ग्राहकहरुले बैंकबाट उपलव्ध सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् भने उनीहरूकाे गुनासो सुनुवाई गरिनेछ । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० तथा इ-मेल customercare@kamanasewabank.com मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *