कविता : बाँचेर के पो भयो ?

— कुल थापा

(शार्दुलविक्रिडीत छन्दमा)

देखेर हुँदैन हेर लौ दुनिया हालत मानिसको
कालोमैलो हटाई सफाचट पार यो हाम्रो समाजको
कुवामा रहने हिले किरा हुँदा उदेश्य कस्तो भयो ?
बस्नुभन्दा त भार भै धरतिको बाँचेर के पो भयो ?

खान लाउन नभएमा भन अव उदेश्य जीवनको ?
मङ्गल ग्रह चाहार्ने छन् कोहिभने गुड्डी छ यै कर्मको
भाग्यकै खेलमा परेर तिमीले पाउनु के बाँकी रह्यो
साँचो होईन भने सदाको निमित्त गएर उ के भयो ?

दाज्जिन थाल्यौ है नेपाली जनता उदेश्यविहिन भई
निद्रामात्र पुगेन सुतिरह्यौ हामी उहि कुम्भकर्ण भई
शोकसन्तप्त भयौ हामीहरु सब हात् तालु माथि गयो
बसि झोक्रिएर केही नगरेर बाँचेर के पो भयो ?

उठौ लौ अवता घरघरबाट हातमा दियालो लिई
कम्मर कस्काएर पटुकिले मानौ अमृतै पिई
हारेमा न्यायले अवश्य मानलौ जीत उसैको भयो
लाखौं जन्तालाई बचाउँदा मरि गएर उ के भयो ?

लम्कन्छन प्राणी यस् जगतमा प्रकाशकै खोजिमा
लाग्छन मानवहरु एकै लाममहाँ मानवताको खोजिमा
ढालसरी छाति थाप्दछन् वीरहरु यस्तै नियम हो यो
सकल जनलाई हसाउँदा मरी गएर के पो भयाे ?

कर दुवै उचाली आँखा अघिलगी छेकेर सूर्यलाई
हुँदैन जगत कहिल्यै अध्यारो यै मानिलेऊ भाई
एक्दाेटा मेटदैमा नठान कहिल्यै क्रान्ति रोकिने भयो
ह्वारह्वारती व्यूझन्छन रक्तवीज झै गएर उ के भयो ?

थियो ऊ विजुली अँधेरी रातको चम्केर जिई रह्यो
गौरव हो देशको सुनौला पानामा नाम लेखिने भयो
लिदैछौ सपथ सपना उसको साकार बनाउनु रह्यो
ह्वारह्वारती व्यूझन्छन रक्तवीज झै गएर उ के भयो ?

आफू मरिगयो तथापी उसले बाच्ने दियो सन्देश
सिँचाएर रगतले स्वदेशलाई श्रृङ्गारने कलेश
पूर्तिमा यसको सुनौला जीवन निर्धक्क अर्पिरह्यो
अन्याय सहेर मुक्पशु बनेर बाँचेर के पो भयो ?

वैशाख १०, २०४२ चोएगा, गुल्मी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *