कवाली शैलीको ‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

इन्भेष्टाेपेपर ।  मंसिर १, २०७९

काठमाडौँ ।  कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वर छ । गीतमा  शब्द नारायण नेपालको छ भने शशीविक्रम थापाको सङ्गीत छ । यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको छ ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काको अभिनय  छ । बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत सार्वजनिक भएको हो । 

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्याै’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *