छत्रकोट गाउँपालिकाभर खादा प्रयोग पूर्णरुपमा निषेध

न्भेष्टाेपेपर । भाद्र २६, २०८१

गुल्मी ।  गुल्मीको छत्रकोट गाउँपालिकाले खादा प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ । छत्रकोट गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादा प्रयोगमा निषेध गर्ने निर्णय भएको छ । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगरी कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

यस गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य निकायहरुमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादा प्रयोग निषेध गर्ने निर्णय गरिएको छ । खादा प्रयोग गर्दा पालिकासहितका यहाँका विभिन्न कार्यालयबाट झण्डै पाँच लाख रुपियाँ खर्च भएको भन्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

खर्च व्यवस्थापनसँगै खादा प्रयोगमा लाग्ने खर्च रकम पीडित तथा विपदमा परेका नागरिकलाई सहयोग प्रदान गर्न सकिने भन्दै खादा अत्यन्तै प्रयोगविहीन हुने हुँदा पालिकाभित्रका सबै कार्यालयमा निषेध गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै, सम्मानका अन्य कुराहरु हराउँदै जान लागेको हुँदा खादा प्रयोगको सट्टा फूलमालाको प्रयोग गरिने भन्दै अध्यक्ष पाण्डेले खादा प्रयोगको निषेधले पुष्प व्यवसायीहरुलाई सहयोग हुने बताउनुभयो । पुष्प व्यवसाय राम्रो हुँदै जाँदा रोजगारीका अवसर समेत सिर्जना हुने उहाँले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *