दूध खानुका फाईदा तथा कसलाई बेफाईदा हुन्छ थाहा पाईराखाैँ !

इन्भेष्टाेपेपर ।  कार्तिक १९, २०७९

काठमाडौँ । दूध बालबालिकाका लागि अनिवार्य खाद्यपदार्थ हो । बालबालिकाका लागि पाैष्टिक आहारकाे आवश्यकता हुने भएकाले दूध निकै महत्वपूर्ण भाेजन मानिन्छ ।

कुपोषणको सिकार भएका व्यक्तिले पनि दूध खानुपर्छ । कतिपयलाई थोरै खाएर धेरै क्यालोरी चाहिने हुन सक्छ, त्यस्ता व्यक्तिका लागि पनि दूध निकै राम्रो हुन्छ । किनभने दूधमा अत्यधिक क्यालोरीको मात्रा हुन्छ ।

स्वस्थ जवान मानिसले भने दूध नखाँदा नै राम्रो हुन्छ । आफैँमा स्वस्थ व्यक्तिले दूधको प्रयोग गर्दा ओभर न्युट्रिसनकाे समस्या हुन सक्छ किनभने हेल्दी एडल्टका लागि स्टक क्यालोरीको अवश्यकता हुँदैन ।

त्यस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूधको प्रयोग असुरक्षित मानिन्छ । किनकि दूधबाट पाइने ५० प्रतिशत क्यालोरी स्याचुरेटेड फ्याटबाट प्राप्त हुन्छ ।

दैनिक रूपमा मानिसलाई खानाबाट करिब सात प्रतिशत क्यालोरीको लिनुपर्ने हुन्छ । यस्तो क्यालोरी अन्य खाद्यपदार्थबाट पनि प्राप्त गर्न सकिन्छ । तर, दूधबाट मात्रै तीन प्रतिशत क्यालोरी प्राप्त हुन्छ । जुन हानिकारक सावित हुन सक्छ ।

दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । किनभने दूधकै कारणले यस्तो समस्या निको नहुने र लामो समयसम्म दुःख दिने हुन सक्छ ।

स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । तर, दूधमा भने फ्याट र क्यालोरी अत्याधिक हुने भएकाले त्यस्ता मानिसले दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । गाईको दूध भन्दा भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ किनभने भैसिकाे दूधमा गाईको दूधमा भन्दा डबल फ्याट हुन्छ । जसले नराम्रो असर गर्न सक्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *