कृष्ण र शान्तीश्रीकाे स्वरमा ‘जोर धाराको पानी’ बाेलकाे गीत बजारमा (भिडिओ)

इन्भेष्टाेपेपर ।  जेठ १३, २०७९

काठमाडौं । कृष्ण देवकोटा र शान्ती श्री परियारको स्वरमा रहेको ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण देवकोटाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ ।

लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास देवकोटाको छ ।

नायक पुष्प खड्का र मोडल जुना सुन्दासकाे मुख्य अभिनय रहेकाे यो गीतको भिडिओलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने उनले भिडियोलाई गीतको मर्म अनुसार नै पर्दामा उतारेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा नविन घर्ती मगरको सम्पादन छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *