नेपाल बैंकको सीईओमा बैंकमै कार्यरत कृष्णबहादुर अधिकारी नियुक्त

Investopaper, असाैज १२, २०७६

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकमै कार्यरत कृष्णबहादुर अधिकारी नियुक्त हुनुभएकाे छ । शनिबार बसेको संचालक समितिको बैठकले अधिकारिलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो।

२०६१ सालमा छैठाै तहबाट सेवा प्रबेशगरि नेपाल बैंकमै १६ बर्षदेखि निरन्तर कार्यरत अधिकारी का.मु. कार्यकारी अधिकृत हुदै अन्तत: नेपाल बैंकको प्रमुख कार्यकारी बन्नु भएकाे छ । वहासंग नेपाल बैंकमा विभन्न शाखा, बिभाग हुदै का.मु. सीईओकाे समेत कार्य अनुभव रहेकाे छ ।

नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृत बन्नका लागि १४ जनाले आवेदन दिएका थिए । अधिकारिले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल बैंककाे सीईओमा नियुक्त हुनुभएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *